मंगलवार, 9 मार्च 2021

कारण के थियो ?

तिमी, मदेखि टाढिनुको कारण के थियो,

मलाई यसरी चोट दिनुको कारण के थियो ?

 

 भाग्यले नै दिएको यो उपहार तिम्रो,

हरियाली खुशियाली सुन्दर संसार तिम्रो,

यसरी  आज उजाडिनुको कारण के थियो ?

 

 तिमीले नै माया गर्छु भनेकी हौ पहिले,

त्यति बेला तिम्रो दिल दुखाउन चाहिनँ मैले,

अहिले तिमी नै तर्किनुको कारण के थियो ?

  

नरसाउदै पानीको मूल डाँडा पाखाबाट,

मायाको किरण झुल्किने तिम्रा आँखाबाट,

आँसुका थोपा बर्सिनुको कारण के थियो ?

 

हिजोसम्म तिम्रै साथमा रहि बाँचु भन्थ्यौ,

तिमी संगै रोऊँ तिमी संगै हाँसु भन्थ्यौ,

पराइको दिलमा बास लिनुको कारण के थियो ?

 

अहिले मलाई तिमीले छोड्नु थियो भने,

यदि तिम्रो दिलमा कोहि अरु थियो भने,

मसँग तिमी नजिकिनुको कारण के थियो ?

 

 

 

मन छुने नेपाली गीति शब्दहरू:

रचना: क-बिनाको मनोज


FOLLOW us for more updates.


 


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

nepali gajal

नेपाली गजल अण्डा सक्कल भए पो चल्ला धेरै हुन्छ, हाम्रो देशमा त कामभन्दा हल्ला धेरै हुन्छ । बाँकी भिडियोमा हेर्नु होस्।  

यी पनि तपाईँलाई मन पर्न सक्छन्।