मंगलवार, 13 अप्रैल 2021

कामना गर्दछु सधैँ स्वच्छ रहोस् सहर तिम्रो ...........

 

कामना गर्दछु सधैँ स्वच्छ रहोस् सहर तिम्रो

मनमा छाइ रहोस् सुख र खुशीको लहर तिम्रो।।

दुख कष्ट रोग डराएर त्यो ज्यानमा पस्न,

नयाँ वर्षले पुरा गरोस् सबै रहर तिम्रो ।।।

|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||


सहरमा बसेका छौँ भनेर पनि के घमन्ड गर्नु र खै ! अस्ति कुनचाहिँ गाउँलेको दिमाग सड्कियो, वनमा आगो लाइदियो। असर सिधै सहरमा पर्यो। वायुमन्डलको हालत यति खराब भयो, सरकारले झन्डै एक हप्ता उपत्याका बन्द गर्ने निर्णय गर्यो। घरै घरले भरिएको सहरमा पनि छिमेकीको घर देख्न कठिन बनायो, वायु प्रदूषणले। काठमाडौँले विश्वकै दूषित सहरको पहिलो स्थानमा आफ्नो रेकर्ड बनायो। 

वायुमा मिसिएको धुँवा र धुलोले सास फेर्न गार्हो थियो, आँखा पोलेर हेरिसक्नु थिएन। 

दुनियाँमा विकास र विनासका काम जे हुन्छ, त्यसको सुरुवात सहरबाटै हुने रहेछ।  

गत वर्ष देशमा कोरोना संक्रमण पनि यहि सहरबाट भएको थियो। यसको असर अझै हटेको छैन। कोरोनाले सहरसँगै गाउँसम्म पनि प्रभाव देखाउन भ्यायो। दुनियाँ अझै यसको चपेटामा फसेको छ। 

जीवनको पलपलमा चाहिने हावा दूषित हुदा चाहिँ कोरोनाको डर पनि फिका पर्दो रहेछ। 

सहरिया जीवन कृत्रिम विकाससँग जोडिएको छ। गाउँले जीवनको सम्बन्ध सिधै प्रकृतिसँग छ। प्रकृतिले दिएको यो शरिर कृत्रिम विकास र विनासको कारण अगाडि घुँडा टेक्न वाध्य पर्दो र‍हेछ। विगत केहि हप्ताको भोगाइले मानिसलाई यहि तथ्य सिकाएको छ। 

पहिले पहिले नयाँ वर्षको शुभ-कामना दिँदा व्यक्तिको सुख, स्वास्थ्य र सफलताको कामना गरिन्थ्यो। अब सफा र स्वच्छ सहरको कामना गर्नु पर्ने अवस्था आएको छ। यदि व्यक्ति बस्ने सहर नै स्वच्छ छैन भने हामीले उसको स्वास्थ्य-लाभको कामना गरेर मात्रै केहि चमत्कार हुने जस्तो देखिएन। 

लाग्छ, अब मानिसले आफ्नो व्यवहार बदल्नु पर्ने बेला आएको छ। प्रदूषणले गाउँ र सहर चिन्दैन। प्रदूषणले धनी र गरिब चिन्दैन। प्रदूषणले बच्चा-बच्ची र वृद्ध-वृद्धा चिन्दैन। प्रदूषण घुसमा विक्दैन। प्रदूषणले कमिशन खोज्दैन। प्रदूषणले शिक्षित र अशिक्षित चिन्दैन। प्रदूषणले सबैमा समान प्रभाव देखाउँछ। फरक यति हो,  प्रभाव खप्न सक्ने ताकत कसमा कति छ। नतिजा यसैमा भर पर्छ। 

होचा र गहिरो उपत्याकामा बस्न प्रदूषणलाई खुव मन पर्छ, जसरी मानिसलाई सहर मन पर्छ। सहर मानिसले बनाएको हो, प्रदूषणले होइन। अचम्म लाग्दो कुरा त यो छ, प्रदूषणलाई पनि सहर मन पर्छ। फरक यति छ, मानिस आफै सहर पस्छन्। प्रदूषणलाई मानिसले बोलाउँछन्। यसर्थ, अब मानिसले आफ्नो व्यवहार बदल्ने बेला आएको छ।

यदि अझै पनि यो भनाइको तात्पर्य बुझ्नु भएको छैन भने यति बुझ्नु कि प्रदूषणले तपाईँको बुझ्ने शक्तिमा पनि प्रभाव जमाइ सकेको छ।   

मानिसको मन सफा भए उसले आफ्नो ज्यान सफा राख्दछ। ज्यान सफा राख्नेले घर पनि सफा राख्दछ।

घर सफा राख्नेले समाज सफा राख्दछ। समाज सफा हुनेको दुनियाँ सफा हुन्छ।

यसर्थ नयाँ वर्षको सुरुवात सँगै हामीले आफ्नो मन सफा गर्ने प्रयत्न गरौँ। 

आँखा राम्रो हुनेले संसार राम्रो देख्दछ। यसर्थ आफ्नो आँखा सफा राखौँ।

मस्तिष्क सफा हुनेले प्रयोग गर्ने शब्द सफा हुन्छन्। यसैले मस्तिष्क सफा राखौँ।

ओठ सफा हुनेको बोली सफा हुन्छ। यसर्थ आफ्नो ओठ सफा राखौँ।

तौल धेरै हुने चिजले आफु अडिएको  जमिन कहिल्यै छोड्दैन। आफ्नो आधारको महत्त्व उसलाई राम्ररी थाहा हुन्छ। 

यसर्थ मनमा घमण्ड बढाउनु भन्दा ज्यानमा निश्चित तौल कायम गरौँ, ता कि  आफूले टेकिरहेको धरातल कसैले पनि नभुलुन्। 

टन्न पैसा कमाउने रहर सबैलाई हुन्छ। तर यति धेरै पैसाको लालच पनि नराखौँ कि पैसाकै शक्तिले व्यक्तिलाई जमिनमाथि उडाओस्। धेरैले भन्छन्, हवाईजहाजमा भन्दा यात्रुको सुरक्षा बसमा बढी हुन्छ। किनकी हावामा उडिरहेको बेलून कुनै पल त अवश्य फुट्छ। फुटेको टुक्रा पुनः जमिनमै खस्नु पर्छ। यो सबैलाई थाहा भएकै कुरा हो, हावाबाट जमिनमा खस्नु र जमिनबाट जमिनमै पल्टिनुमा धेरै भिन्नता हुन्छ।

यसर्थ, अब मानिसले आफ्नो व्यवहार बदल्ने बेला आएको छ।

मानिस जन्मदै गलत हुन्छ त हामी भन्दैनौँ। तर हाम्रो जन्म र भोगाइले यहि सत्य ओकल्छ, हामीहरू धेरै ज्ञान-गुणका कुरा बच्चा-बच्चीलाई सिकाउँछौँ, वृद्ध-वद्धालाई होइन। किनकी जान्नेले सहि कुरामा साथ दिएन भने कोहि-कसैले पनि सहि कर्म गर्न सक्दैन। यसर्थ, जीवनमा सहि व्यक्तिको सय गलत काममा साथ दिनुभन्दा गलत व्यक्तिको  एउटा सहि कार्यमा साथ दिनु उचित हुन्छ।

दुनियाँको नजरबाट अदृश्य भगवानले तपाईँ र तपाईँ नजिकका व्यक्ति सबैलाई रक्षा गरुन्। तपाईँ र तपाईँको जीवनमा महत्वपूर्ण व्यक्तिहरू सबै सधैँ स्वस्थ र सफल रहुन्। सबैभन्दा महत्त्वपूर्ण कुरो, ति व्यक्तिहरू सधैँ तपाईँको साथमा र तपाईँको पक्षमा रहुन्। एउटा कुरा याद राखिदिनु होला, जसरी हामी आफ्नो घर बगैँचा आफैँ सफा गर्छौँ, आफू बस्ने सहर पनि आफैले सफा राख्नु पर्दछ। व्यक्तिको सानो प्रयासले घर सफा रहन्छ भने व्यक्ति-व्यक्तिको प्रयासले सहर सफा रहन्छ। सबै कुरामा सरकारको भर परेर मात्र हुन्न।  नयाँ वर्षको तपाईँलाई अनगिन्ती शुभ-कामना व्यक्त गर्दछौँ।

- My Feelings For You Team

रचना वाचन हेर्नको लागि तलको भिडियोमा क्लिक गर्नु होस्। 👇👇



यस्तै लेख-रचना र गीतसंगीतको लागि यस ब्लगलाई FOLLOW गर्नु होस्।

चर्चित नेपाली गीतहरू यहाँबाट डाउनलोड गर्नु होस्।




कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

nepali gajal

नेपाली गजल अण्डा सक्कल भए पो चल्ला धेरै हुन्छ, हाम्रो देशमा त कामभन्दा हल्ला धेरै हुन्छ । बाँकी भिडियोमा हेर्नु होस्।  

यी पनि तपाईँलाई मन पर्न सक्छन्।