Power of P in Human life:
मानिसको जीवनमा P बाट आउने शब्दले ठूलो अर्थ राख्दछ।
अझ भन्नु पर्दा मानिस सधैँ P ले घेरिएको हुन्छ। P कै पछि लागेर मानिसको चोला सकिन्छ।
मानिसको जीवन P मै सुरु हुन्छ र P मै सकिन्छ - पृथ्वी
मानिसको जीवन सुरु हुन पनि P चाहिन्छ - पिता
मानिस जन्मिने पनि P मै हो - परिवार
जन्मिने बितिकै उसलाई परिवारबाट P चाहिन्छ - प्रेम
अनि घरको P धान्दै ऊ जीउन थाल्दछ - परम्परा
जन्मेपछि हुर्कन बढ्न उसलाई P नै चाहिन्छ - पोषण
भविष्य सभ्य र सुसँस्कृत बनाउन उसले P गर्न थाल्दछ- पढाइ
यसको लागि उसलाई P नै चाहिन्छ - पैसा
पढेर मात्रै हुँदैन। आफ्नो सक्षमता देखाउन उसले अनेक P को सामना गर्नु पर्ने हुन्छ- परिक्षा
परिक्षाको सामना गरेर मात्रै नि पुग्दैन। संघर्षको खुड्किलो चढ्न ऊ P त हुनै पर्छ - पास
नत्र ऊ अरुभन्दा P हुने सम्भावना ज्यादा हुन्छ - पछाडि
मानिस जीवनभर दौडिरहन्छन्। किनकी उसलाई सिकाइएको हुन्छ, जीवन P हो - प्रतिष्पर्धा
अब प्रतिष्पर्धा उसले चाल्ने हरेक P मा देखा पर्दछ - पाइला
यसमा P हुने रहर सबैलाई हुन्छ - प्रथम
\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\
उमेर बढ्दै जादा उसलाई एक व्यक्तिको जरुरत महशुस हुन्छ - प्रेमी \ प्रेमिका
उनीहरूको सम्बन्ध राम्रो रहिरहे पछि P मै परिणत हुन्छ - पति\पत्नी
दुई जनाको जीवन निर्वाह गर्नको लागि उसले केहि न केहि P त गर्नै पर्ने हुन्छ - पेशा
यसको लागि कि त ठाउँको मानिससँग ऊ P हुनु पर्छ - परिचित
नत्र P कै जरुरत पर्दछ - पावर
कलियुगको रित यस्तै छ, सोझो बनेर समाजमा P हाशिल गर्न कठिन छ- प्रतिष्ठा
यसैले ठाउँमा पुगेकाहरू धेरै जसोलाई P को आरोप लाग्ने गर्छ - पदभ्रष्ट
धर्तिमा रहुन्जेल के घमन्ड गर्छौ र ? यहाँ कसैको जीवन स्थायी छैन।
अन्तमा सबैले जानु पर्ने ठाउँ त P नै हो - परलोक
यहाँसम्म पढ्नु भएपछि P को बारेमा धेरै चाखलाग्दो P जान्नु भयो होला भन्ने लागेको छ - पक्षहरू
अचम्म लाग्दो कुरा त के हो भने P को शक्ति पनि P मै रहेको छ - Power
यसैले जीवनमा P गर्दै जानुस् - परिश्रम
P अवश्य पाउनु हुने छ - प्रतिफल
कामना गर्दछु, हजुरलाई P ले सदैव रक्षा गरुन् र साथ देऊन् - परमेश्वर
\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\ समाप्त\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\
तपाईलाई लागेको यस्तै रोचक तथ्या केहि छन् भने कमेन्टमा राख्न सक्नु हुन्छ। यति पढ्नु भएपछि हामीलाई P अवश्य दिनु होला - प्रतिक्रिया ।
अन्य लेख रचना तथा गीतसंगीतको लागि तलको बटनमा P गर्नु होस् - Press
भिडियो हेर्नु होस्ः
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें