रचना लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं
रचना लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं

शनिवार, 15 मई 2021

nepali gajal



नेपाली गजल

अण्डा सक्कल भए पो चल्ला धेरै हुन्छ,
हाम्रो देशमा त कामभन्दा हल्ला धेरै हुन्छ ।

बाँकी भिडियोमा हेर्नु होस्।






 

शुक्रवार, 14 मई 2021

नेपाली कथा - अदृश्य

वाध्यतावश विदेश गइ फर्केका एक युवाको भावुक कथा\भोगाइ


अदृश्य


तिमी फूलको थुंगा मचाहिँ डाली हुने दिन

तिमी धानका बाला मचाहिँ आली हुने दिन।

सोँच्ने गर्छु कहिले आउला हाम्रो जीन्दगीमा,

तिम्रो माइत मेरो ससुराली हुने दिन ।।


पुरा कथा डाउनलोड गर्न र  पढ्नको लागि तलको लिंकमा क्लिक गर्नु होस्।

Download Full Story 


भिडियो हेर्न तल क्लिक गर्नु होस्ः

गुरुवार, 6 मई 2021

यसैले धेरै खाइन्छ कसम, अहिलेका सम्बन्धमा

 


पहिलेको जस्तो हुन्न दम, अचेलका सम्बन्धमा

शंका धेरै विश्वास कम, अचेलका सम्बन्धमा

नाता जोड्नेलाई थाहा हुन्न यो कति दिन टिक्छ,

यसैले धेरै खाइन्छ कसम, अचेलका सम्बन्धमा


---- नेपाली मुक्तक---- मुक्तक प्रेमिका लागि -------


तलको भिडियो पनि हेर्नु होस्ः


👫👫👫👫👫👫👫👫👫👫👫👫👫👫👫👫👫👫👫



अन्य पोस्टहरू पढ्न र गीतहरू फ्रिमा डाउनलोड गर्न यहाँ क्लिक गर्नु होस् ।




गुरुवार, 29 अप्रैल 2021

देशको विश्वविद्यालयको पढाइ विद्यार्थीका लागि यति भयावह हुनुमा दोषी को ?? अनलाइन परिक्षा गर्नुमा के समस्या छ र ?? एक पटक अवश्य पढ्नु होला।

देशको विश्वविद्यालयको पढाइ विद्यार्थीका लागि यति भयावह हुनुमा दोषी को ?

---> यदि यो प्रश्न त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी 👪हरूलाई सोध्ने हो भने जवाफमा पक्कै पनि दोषीको रुपमा विश्वविद्यालय नै देखा पर्छ। 
देखा नपरोस् पनि कसरी ?                                                                          
विद्यार्थीका अभिभावकले पनि यो जवाफलाई अवश्य स्विकार्छन्।   👍👍     
 

नस्विकारून् पनि किन  र ?
देशकै वृहत् कहलिएको विश्वविद्यालयले गरेको चर्तिकला नै यस्तै छ।
कुनै देशमा होला, चार वर्षको स्नातक पुरा गर्न छ वर्ष बढी लागेको ?
कुनै देशको विश्वविद्यालयमा होला, दुई वर्षको स्नातकोत्तर पुरा गर्न चार वर्ष बढी लागेको ?

पहिलो पटक यो लेख पढिरहेका साथीहरू र विदेशबाट पढेर आएकाहरूलाई त यो लेख पढ्दा पनि अचम्म लाग्न सक्छ। अझ ति व्यक्तिहरू, जसका आफन्तजन त्रिभुवन विश्वविद्यालयमै कार्यरत छन्, उनीहरूमा त झन् यो  लेखको लेखकप्रति नै गलत धारणा उब्जिन सक्छ। 

जसले जे जस्तो सोच्नु भए पनि उहाँहरूप्रति मेरो सम्मान छ। सम्मानसँगै खेद पनि छ कि तपाईँहरू जस्ताका आफन्त पर्नेहरू विश्वविद्यालय जस्तो मन्दिरमा कार्यरत हुन पुगे।
सत्यता लुकाएर लुक्ने चिज होइन।  यथार्थता यहि हो, हाम्रो देशको विश्वविद्यालयको पढाइको स्तर खत्तम छ। त्यहि खत्तम पढाइ पुरा गर्न लाग्ने अवधि झनै खत्तम छ। 

डिस्कवरी च्यानलमा बाघले मृगको बच्चालाई खेलाइ खेलाइ नपत्याउदो पाराले मारेको देख्नु भएकै होला। जनावर भिन्न हो। तर कहानी उस्तै छ। विश्वविद्यालयले देशको अभिभावकका छोराछोरीलाई पनि शिक्षा र सर्टिफिकेटको आशमा झुलाइ झुलाइ मार्नै आँटेझै लाग्छ। 

दुई वर्षको पढाइ सकाउन चार वर्षदेखि दौडिरहेको छोरा ।
छोराले कहिले पढाइ सकाउला र कमाउन थाल्ला भनि सपना बुनिरहेका बा-आमा।

विश्वविद्यालयले छोरालाई झुलाइ रहेको छ। छोराले बा‍‍-आमालाई झुलाउनु परेको छ। 
बा-आमाले उसलाई झुलाउनु परेको छ, जसको छोरीसँग आफ्नो छोराको लगनगाँठो कसिदिने वचन अझै पुरा हुन पाएको छैन। 

लेखपढ गरि विश्वविद्यालय तहसम्म आइ पुग्दा यहाँ एक व्यक्तिको जीवन र भविष्य विश्वविद्यालयले गर्ने निर्णयमा निर्भर हुन्छ। जब विश्वविद्यालय नै उसको भविष्य र भावनासँग खेलबाड गरि रमिता हेरेर बस्न थाल्छ, त्यति बेला हामी विद्यार्थी निरीह भएर सहनु पर्ने हो र ?
सधैँ विश्वविद्यालयको लालच र लाचारिपनमा विद्यार्थी आफू पनि लाचार भएर बस्नु पर्ने हो र ?
खै बुझेको विश्वविद्यालयले विद्यार्थीको मनोभावना र पिडा ?

विगतमा विश्वविद्यालय आफ्नो निर्णयमा कहिल्यै मजबुत भएको पाइनँ। केहि विद्यार्थी नेताको दवाबमा आएर मनलागि परिक्षा सार्थ्यो। जो विद्यार्थी राजनीति गर्दैन, जो विद्यार्थी आफ्नो कामकाजलाई थाँति राखेर समयमै पढाइ पुरा गर्न भनि निरन्तर कक्षा धाउँछ। ती विद्यार्थी त सम्बन्धित प्रशासनको नजरमा कहिल्यै पर्दै परेनन्। र विश्वविद्यालयले उसको मेहनत र लगनशिलता पनि कहिल्यै देखेन।
बाहिर जागिर गर्दै कहिलेकाहिँ कलेज आउने र चिट चोरेर भए पनि परिक्षा पास गर्ने विद्यार्थीहरू मात्रै प्रशासनको नजरमा परे। आखिर विश्वविद्यालयमा पनि बिक्ने भनेको बोल्नेकै पिठो रहेछ। 
दिनमा कम्तिमा पनि छ घन्टा कक्षामा बसेर केके नै पढाए र पढे जस्तो गरेर के गर्नु छ र ? यद्यपि देशमा नपढेकाभन्दा पढेकाहरू बढी वेरोजगार छन्। शिक्षितहरू धेरै जसो विदेशमा छन्। कलेको वातावरण र विगतमा विदेशमा पढेर आएका प्रोफेसरहरूको फुर्ति देख्दा लाग्छ, यहाँ जति मेहनत गरे पनि आखिरमा हामीले पनि भासिनु पर्ने त विदेशतिरै हो क्यारे !
 नियमित विद्यार्थी भएर पनि स्नातकदेखि स्नातकोत्तर तहसम्म आउदा करिब ९ वर्ष खर्चिसक्यौँ।  विश्वविद्यालयले  घोकेको एउटा शैक्षिक प्रमाणपत्र बाहेक के दियो र हामीलाई ? यहि प्रमाणपत्र दिन पनि अनेकौँ सास्ति दिन्छ विश्वविद्यालयले।

व्यक्ति शिक्षित हुनु र दक्ष हुनु अलग  कुरा हो। दक्ष व्यक्तिलाई शिक्षित भन्न मिल्ला तर शिक्षित व्यक्तिलाई दक्ष भन्न मिल्दैन किनभने दक्ष व्यक्तिमा व्यावहारिक ज्ञान र सिप हुन्छ, शिक्षित व्यक्तिमा केवल घोकेको विद्या मात्रै हुन्छ।
सिप र तालिम अनि कार्यकुशलताको कुरा गर्दा हामी सबै शून्यमा छौँ। के यो देशमा विश्वविद्यायलको काम शैक्षिक वेरोजगार उत्पादन गर्ने मात्रै हो र ? लाग्छ, हामी पढ्दै आएको विश्वविद्यालयले देशको लागि दक्ष जनशक्ति होइन, शिक्षित वेरोजगार उत्पादन गरिरहेको छ। यस अर्थमा हाम्रो विश्वविद्यालयलाई दक्ष जनशक्ति उत्पादन गर्ने मन्दिर होइन, शिक्षित वेरोजगार बढाउने कारखाना भने हुन्छ।

मभन्दा एक ब्याच सिनियर दाई-दीदिहरू वि.सं. २०७३ को ब्याचका हुन्। २०७७ सालमा मास्टर्स तह पास आउट भए। केहि त अझै पनि थेसिस गर्ने झमेलामा फसिरहेका छन्। महिना दिन पहिले कलेज जाँदा देख्थेँ उहाँहरूलाई। हामी २०७४ को ब्याचका हौँ। दुई वर्षमा पुरा हुनु पर्ने पढाइ। अहिले २०७८ सुरु भइ सक्यो। अझै दोस्रो वर्षको दोस्रो सेमेस्टरमा अल्झिरहेका छौँ। यहि बैशाख २९ बाट बोर्ड परिक्षा हुने तालिका थियो। कोरोनाको दोस्रो लहरको निहुँ पारेर परिक्षा स्थगित गरियो। परिक्षा सकेपछि प्रयोगात्मक परिक्षण र थेसिसको काम गर्नु पर्ने। हामी विद्यार्थीहरूले यस्तै गर्ने मनसाय बनाइसकेका थियौँ। परिक्षा नै स्थगित भएपछि म मात्रै होइन, मेरा सबै साथीहरू अन्योलमा छन्, अब परिक्षाको लागि किताब घोक्नु कि थेसिसको काम सुरु गर्नु !

केहि दिन अन्योलमा परेपछि त पहिले पढेका कुराहरू पनि सबै बिर्सिदो रहेछ। मैले त सबै बिर्सिसकेँ किनकी मेरो दिमाग सरकार र प्रशासन चलाउनेको जति तिखो छैन। दिमागको प्रयोगले अन्य मानिसलाई वेकारमा झुलाएर उसको भावना र जीवनसँग खेल्न मेरो मनले मान्दैन। परिक्षाको लागि आफै मेहनत गरेर तयारी गर्छु, सकेको र सम्झेको लेख्छु। दुखको कुरा के भने, लेखेको जति अंक पनि आउदैन। ठाउँका मानिसहरूले नचिन्ने र आफूले पनि कसैलाई नचिनेको। अन्य क्षेत्र जस्तै शैक्षिक क्षेत्रमा पनि राम्राभन्दा हाम्राको स्थान पहिले आउदो रहेछ। मेहनत गरे जतिको प्रतिफल नपाउदा दुखेसो पोख्न पनि कहाँ जानु र ? यसर्थ परिश्रम गर्छु, फलको आश राख्दिन।

२०७८ सालमा पनि स्नातकोत्तर पुरा नहोला जस्तो छ, विश्वविद्यालयको यो नियतिले। 
विदेशमा अप्लाई गर्दा सिनियर दाई-दीदिलाई "दुई वर्षको पढाइ सकाउन झन्डै ४ वर्ष किन लाग्यो ?" भनेर सवाल गरेछन्। सायद् कोरोनाकै कारण बताए होलान् जवाफमा। कतिले त यो जवाफ माने होलान्, कतिले मानेन  होलान्।
केहि दाइ-दीदि त जवाफ खोज्न के-के का‍गज बोकेर कलेजमै आएका पनि देखेको थिएँ। 

भोलि त्यहि समस्या म र मेरो ब्याचका मात्रै होइन,  हामीभन्दा पछिल्ला ब्याचका भाइ-बहिनीहरूले पनि खेप्नु पर्ने हुन्छ। यसमा जवाफदेही हुने को त ? यसमा हामी विद्यार्थीको गल्ति त पक्कै छैन। गल्ति गर्ने विश्वविद्यालय अनि यसको परिणाम भोग्नेचाहिँ हामी ? यो कुन तरहको न्याय हो र ? विश्वविद्यालयले त विद्यार्थीलाई आफ्नो इसारामा यसरी झुलाइ राखेको छ कि मानौँ यसकै खर्चमा विद्यार्थीले पढ्न पाइरहेका छन्। विद्यार्थीले आफ्नै खर्चमा अध्ययन गर्दा त यस्तो हालत छ, झन् विश्वविद्यालयले नै लगानी गरेर पढाएको भए त परिस्थिति झन् कति भयानक हुन्थ्यो होला ? सोँच्दा पनि जीउ सिरिङ्ग हुन्छ। 
बरु विद्यार्थीले समयमै शुल्क नतिरेको भए भनोस्। पढेर कोर्स नसकाएको  भए प्रशासनले प्रश्न गरोस्।
विश्वविद्यालयको नियम कानून नमानेको भए सजाय देओस्। तर विश्वविद्यालय स्वयम् आफूले बनाएको नियम तोड्ने कारक नबनोस्। विद्यार्थीको भविष्यलाई लिएर यति सारो गैरजिम्मेरवार नबनोस्। यसरी देशको युवा वर्गको भविष्यसंग खेल्ने हक विश्वविद्यालयलाई छैन। 

कोरोनाको कारणले मात्रै हाम्रो पढाइ सकाउन बढी समय लागेको म मान्दिन। मेरा अन्य साथीहरू पनि यो मान्न तयार छैनन्। मेरा कलेजमा पढ्ने साथीहरू मात्रै होइनन्, त्रिभुवन विश्वविद्यालयका अन्य कलेजमा अन्य संकायमा स्नातक तथा स्नातकोत्तर तह अध्ययनरत साथीहरू पनि कोरोनाले गर्दा पढाइ पुरा हुन ढिला भएको मान्न राजी देखिन्नन्। फेसबुक, ट्विटर लगायतका सामाजिक सन्जालमा राखिएका पोस्टहरू पढ्दा र अहिले भोगिरहेको अवस्था देख्दा सारै दुख लाग्छ। 
सामाजिक सन्जालमा कति विद्यार्थीहरूले "बरु भौतिक कक्षाहरू बन्द गरेर अनलाइन कक्षा गर्न थालियोस्। तर परिक्षा स्थगित नगरियोस्। हामी सामाजिक सुरक्षाका मापदण्द अपनाएर परिक्षा दिन तयार छु।" भनेर पोस्ट राखेका थिए। सायद् सम्बन्धित ठाउँमा यस्ता अनुरोध पुगेन भनुँ या पुगेर पनि मनन गरिएन भनुँ। परिक्षा स्थगित गरियो। यतिका दिनसम्म गरेको मेहनत खेर। काठमाडौँमा डेरा बसेर तयारी गरेको लगानी खेर। परिक्षा सकेर महिनौँपछि घरमा परिवार भेट्न जाने सपना खेर। भलै केहि साथीहरू त लकडाउन हुने भने पछि घर गए होलान्। तर धेरैजसो काठमाडौँमै छन्। सरकारले निर्णय लिन्छ, तर ठोस निर्णय लिदैन। सम्पूर्ण जनता एवम् विद्यार्थीलाई अन्योल पार्ने निर्णय गर्छ। यस्ता अपरिपक्क निर्णय गर्ने भएकोले आजकल सरकारलाई सरकार होइन, शिशु भन्न मन लाग्छ।

सरकारले जनताको दैनिकी र भावनासँग खेल्दै छ, विश्वविद्यालय विद्यार्थीको भावना र भविष्य अनि परिश्रमसित खेल्दै छ। होइन, यो माथिल्लो प्रशासनमा त खेल्न सिपालु मानिसहरू मात्रै पुगेका हुन्छन् कि कसो ? 
यस्तै खेल खेल्न सिपालु हुनेहरूले त देशलाई फिफाको मैदानसम्म पुर्याउनु नि । हामी सोझा-साझा जनता र विद्यार्थीले उनीहरूको के नराम्रो गरेका थियौँ र, यसरी दुख दिइरहेका छन् ?

आजका हामी विद्यार्थीमध्ये कोहि न कोहि त भोलि अवश्य त्यहि प्रशासन सम्हाल्न पुग्छौँ। आज त्यहि प्रशासन चलाइरहेका विज्ञहरूले भोलि त्यो ठाउँमा आएपछि हामीले पनि त्यस्तै तलब पचाउ काम गर्नु पर्ने सन्देश दिन खोजेका हुन् कि कसो ?

सिधै भन्दाखेरि  रिस गरेको जस्तो, तर केहि दिन पहिले जब मैले परिक्षा नियन्त्रक कार्यालय बल्खुले निकालेको अर्को सुचना नआएसम्मको लागि परिक्षा स्थगन गरिएको सुचना पढेँ। मलाई त त्यो सुचनामा  प्रयोग भएका शब्दहरू पढेरै दिमागको पारो तात्यो। सुचनामा व्यहोरा भएअनुसार कोरोनाको कारणले गर्दा  परिक्षा नियन्त्रक कार्यालय तोकिएको समय तालिकामा परिक्षा सन्चालन गर्न असमर्थ छ रे। देशको एउटा प्रतिष्ठित शैक्षिक संस्था  भएपछि त हद हुन्छ नि ! परिक्षा नियन्त्रक कार्यालय परिक्षा सन्चालन गर्न किन असमर्थ ? विद्यार्थीहरू परिक्षा हलमा नआउने भएकोले ? कार्यालयका कर्मचारी काममा नआउने भएकोले  ? अथवा यस्तो निर्णय लिने व्यक्ति नै आफू कोरोना लागेर मर्छु कि भन्ने डरले ? म भन्छु, क्षणक्षणमै यस्ता  निर्णय फेरिरहने मानिसहरू त मरे पनि देशलाई केहि घाटा हुँदैन। जसले आजको काम भोलिको लागि छुट्याउँछ, त्यसले भोलिको काम कहिले गर्ने ? यसै पनि सरकारी जागिरेहरूमा आफ्नो कार्यालयको काम तोकिएकोभन्दा बढी लिएर गर्ने बानी हुन्न। काम थाँति राख्दै जाने परिपाटीले गर्दा कामैकामको चाङ्ग बन्छ। अनि कार्य सम्पादनमा ढिलसुस्ति किन नहोस् त !

विद्यार्थीहरूले परिक्षा दिन आउने  कुरा विभिन्न सामाजिक सन्जालमा राखेकै थिए। परिक्षा तैयारी पनि गरिरहेकै हो। अभिभावकबाट यति दवाब आएको थियो कि भौतिक कक्षाहरू बन्द गरेर अनलाइन पढाउने व्यवस्था मिलाऊ। अब बहुसंख्यक विद्यार्थीले "सरकारले तोकेको मापदन्ड पालना गरेर भए पनि हामी परिक्षा दिन तयार छौँ। परिक्षा सार्ने काम नगरौँ।" भनेर बारम्बार अनुरोध गर्दा पनि सम्बन्धित संस्थाले मनन गरेनन्। सरकारले पनि बुझ पचाएरै भनौँ, यातायात बन्द गर्यो। अनि सबै विद्यार्थीहरू अलपत्र पर्यो। यस अर्थमा असमर्थ रहेको को हो त ? सम्बन्धित प्रशासन होइन ? 
सायद् उनीहरूलाई डर भयो, "धित मर्ने गरि जागिर खान र पैसा कमाउन नपाएरै कोरोनाको निहुँले मरियो भने के गर्ने ? " फेरि पनि म यति भन्न चाहन्छु, तिमीहरू प्रशासनमा बाँचेर पनि हामी विद्यार्थी टुहुरा सरह भइसकेका छौँ। अब हामी टुहुरो जीवन बिताउन तयार छौँ। 

विद्यार्थीको हालत के-कस्तो छ ? न सरकारले सोँचेको पाइयो, न त विश्वविद्यालयले नै सोँचेको महशुस भयो हामीलाई। सहाराबिना टुहुरा जस्तै बनाएर राख्यो।  प्रशासनले कार्यालयमा सँगै अफिस कोठामा खाजा खाने, गफ गरि बस्ने कर्मचारीको चिन्ता लियो, यसैले परिक्षा सार्यो। तर त्यहिँको कक्षा कोठामा बसेर उज्ज्वल भविष्यको सपना देख्दै लेखपढ गर्ने विद्यार्थी सम्झेन। सम्झोस् पनि कसरी, विगत एक वर्षदेखि कक्षामा राखेर पढाएको भए पो याद हुन्थ्यो, विद्यार्थीको अवोध अनुहार ! पढाइको नाउँमा अनलाइन पढाएको र पढेको जस्तो त भयो। तर यो डोकोमा पानी भरेको भन्दा कम थिएन। विद्यार्थीले बुझे-नबुझेको मतलब हुन्थेन,  कोर्स सकाउने  बाटो मात्रै। हाम्रो त सबै विषयको कोर्स पनि राम्ररी सकेको थिएन। तैपनि पढाइएको र सिलेबसमा भए जति पढेर परिक्षा दिने आँट गरेका हौँ। तर कुरा उहि,  ..........., दुख लाग्छ। 
 देशको सेवा गर्न भनेर सेवा आयोगको परिक्षा उतीर्ण गरि सरकारी जागिर खाएकाहरूको व्यवहार यस्तो छ। यस्ता व्यक्तित्वहरूबाट हामीले के शिक्षा सिक्ने, के प्रेरणा लिने ? यदि यो चक्र चलिरहने हो भने विश्वविद्यालयको स्तर कहिल्यै सप्रिने छैन। 

भौतिक उपस्थितिमा परिक्षा नहुने भए अनलाइनबाट भए नि परिक्षा  हुनु पर्यो भनेर साथिहरूले माग गरिरहेका छन्। के प्रशासनले विद्यार्थीको माग सुन्ला र ?  सोँच्न त सोँचेका होलान्। सोँचेर बस्नु मात्रै प्रशासनको काम होइन। प्रशासनले एक कदम चाल्न जति ढिलो गर्छ, विद्यार्थीको भविष्य उति धरापमा पर्छ। 

अनलाइनबाट भए पनि परिक्षा सक्न पाए विद्यार्थीले पनि यसपछि के गर्ने, कसो गर्ने मेसो पाउथ्यो। यति बेला त सरकार पनि अलमल्ल, कैयौँ विज्ञ कहलिएका व्यक्तिहरू कार्यरत विश्वविद्यालय पनि अलमल्ल। अब अलमल्ल प्रशासनको अधीनमा रहेका हामीहरू झन् अलमल नहुने कुरै भएन। अलमल्लमा मात्रै कति बस्ने ? 
डब्ल्यु.एच्.ओ.ले सित्तैमा उपलब्ध गराएको खोप लगाइ दिएर जनताको लागि केके नै गरेको छु भनेर मख्ख परेको सरकार। विश्विविद्यालय तहका विद्यार्थीलाई शिशु कक्षादेखिका बच्चाहरूले पढिरहेका अनलाइन पढाएर केके नै उपलब्धी हाशिल गरेँ भनेर बोल्दै हिड्ने शिक्षकहरू। तपाईँहरूले बुढेसकालसम्म जानेको कुरा यति नै हो  र ? 

मैले स्नातकोत्तर तह सुरु गरेको करिब पाँच महिनापछि स्नातकोत्तर गर्न विदेश जानु भएको मैले चिनेको एउटी दीदि पढाइ सकेर घर फर्किसक्नु भयो। यता आएर जागिर खान थालिसक्नु भयो।  मैले पनि स्नातकोत्तर सकेँ भनि उहाँलाई कहिले सुनाउन पाउछु ? भेट हुँदा उहाँले सोध्नु हुन्छ, पढाइको बारेमा। लाज लाग्छ बताउन। 
लाज मैले आफूलाई लिएर मानुँ या आफ्नो विश्वविद्यालयलाई लिएर ? लाज मैले विदेशमा पढ्न पठाउने खर्च जुटाउन नसकेका मेरा बा-आमालाई लिएर मानुँ या दुई वर्षको पढाइ सकाउन चार वर्षदेखि संघर्ष गरिरहेको देख्दा पनि विद्यार्थीको लागि केहि नौलो कदम चाल्न नसकेका मेरा गुरुवर्गलाई लिएर मानुँ ?

विश्वविद्यालय प्रशासनले त आफ्नो कार्य सन्चालन क्षमता र व्यवस्थापन शैली देखेर लाज पचाइ सकेको होला। तर हामी विद्यार्थीले कसरी लाज पचाउनु ? अब त यस्तोसम्म लाग्न थालिसक्यो, बरु लागिहालेछ भने कोरोना पचाउन सक्छौँ तर विगत चार वर्षदेखि परिवार, आफन्तजन र साथीभाइलाई सुनाउदै आएको "मास्टर्स गर्दै छु" भन्ने कुरा सुनाउनु पर्दाको लाज पचाउन गारो भइसक्यो। धैर्य पनि कति गर्नु ? 

यसर्थ अब त हामीलाई सहन र चुप रहन पनि कठिन भइसक्यो। 
तेस्रो सेमेस्टरमा पनि परिक्षा हुने दुई दिन अगाडि परिक्षा स्थगित भयो । दुई घण्टाको दरले पाँच ओटा विषयको दश घण्टाको परिक्षा सक्न करिब दश महिना कुर्नु पर्यो। परिक्षा हलमा दुई घण्टा बसेर लेखेको उत्तरपुस्तिकाले मात्रै हाम्रो भविष्य निर्धारण गर्ने हो र ? यदि यस्तो हो भने हामीलाई यति पुरानो शैक्षिक पद्धति र मुल्यांकन शैली स्विकार्य छैन। विश्वविद्यालयले अब आफ्नो शैली बदल्ने बेला आएको छ। 

शिक्षा विद्यार्थीमैत्री हुनु पर्छ भनेर सभा-समारोहमा भाषण छोड्नेहरू हो, के तपाईँहरूलाई साचिकै लाग्छ विश्वविद्यालयको शिक्षा पद्धति विद्यार्थीमैत्री छ ? 
हामी विद्यार्थीलाई त यस्तो पटक्कै लाग्दैन। यहाँ शिक्षा पद्धति विद्यार्थीमैत्रि होइन, कर्मचारीमैत्री छ। 
प्रशासनले शिक्षासम्बन्धि कुनै पनि निर्णय लिदा विद्यार्थीको भावना हेर्दैन, कर्मचारीको सहमत छ कि छैन मात्रै हेर्दछ। चाहे शुल्कका कुरा होस् या परिक्षाका। हरेका पक्षमा विद्यार्थी मर्कामा परेका छन्। 

गएको वर्ष कोरोनाको कारण एक महिना पनि भौतिक उपस्थितिमा कक्षा गराइएन। तर  शुल्क भने विद्यार्थीको ढाड सेकिने गरि कलेज जादा पिउने गरेको पानीको समेत समावेश गरेर लियो। विद्यार्थीले शुल्क अलि कम गर्न निवेदन पनि राखेको हो। तर विश्वविद्यालयले कसैको सुनेन। पैसाको कुरामा भने विश्वविद्यालय आफ्नो निर्णयमा अडिग रहने। तर राम्ररी कक्षा सन्चालन गर्ने र परिक्षा समयमै गराउने निर्णयमा किन अडिन रहदैन ? कहाँसम्मको ज्याजदी हो विश्वविद्यालयको यस्तो ? आखिर विश्वविद्यालय सन्चालनमा आएको यहाँको कर्मचारीले पैसा छाप्न मात्रै हो कि देशलाई दक्ष र शिक्षित बनाउन हो ?

विश्वविद्यालयमा भइ रहेको यस्तो घृणापूर्ण क्रियाकलापलाई सन्चार माध्यमले पनि बाहिर नल्याउदा रहेछन्। 
युट्युबका पत्रकार पनि अर्काको पति-पत्नी झगडा गरेको समाचार बनाउन सधैँ हतारमा हुन्छन्। शिक्षाको मन्दिरमा भइरहेको गलत गतिविधिको वकालत गरेको खोइ त ?  आजकल विद्यार्थी संगठनहरू पनि पैसामुखी र व्यक्ति विशेष मात्रै भए जस्ता छन्। आवाज उठाएको कतै सुनिन्न। सबै पतन भएर गइसके कि कसो ? 

विश्वविद्यालयले त हाम्रो मर्म बुझ्दैन थाहा छ। यदि केहि गरि बुझ्ने भएछ भने हामी विद्यार्थीको एउटै अनुरोध छ, हाम्रो परिश्रम र लगानीलाई सस्तो नठानि दिनुस्। मानिसको जीवनको सबभन्दा ठुलो कुरा समय हो। समय छैन, उसको जीवन छैन। हाम्रो समयलाई मूल्यहीन ठानेर यसरी अन्योललपूर्ण र अर्थहीन नबनाइ दिनुस्। यसै पनि कोरोनाले हाम्रो आर्थिक स्थिति नाजुक छ। झनै नाजुक नपारि दिनुस्। हामीलाई परिक्षा सकाउन हतार छ। यहि चिन्ताले खाइरहेको छ। तपाईँहरूको पो सरकारी जागिर छ। सरकारको ढुकुटीबाट तलब पाइराख्नु भएको छ। परिवार चलेको छ। कोरोनाको डरलाई छोड्ने हो भने तपाईँहरूको दैनिकी त सजिलै छ। तर हामीलाई डर दिने तत्व कोरोना नभइ हाम्रो आवश्यकता हो। भविष्य हो। 
भनिन्छ, मानिस बाँचे पनि अर्थपुर्ण जीवन बाँच्नु पर्छ, मरे पनि अर्थपूर्ण भएर मर्नु पर्छ। विश्वविद्यालयको पढाइ सकाउला र जीवन अर्थपूर्ण बनाउला भनेर दौडिदा दौडिदै यस्तो दयालाग्दो हालत भइसक्यो। न परिवारको लागि जीवन अर्थपूर्ण बन्न सक्यो, न त समाजको लागि। हामी चाहन्छौँ, अब आउदा दिनहरूमा यो जीवन अर्थहीन नरहोस्।  अहिलेसम्म त विश्वविद्यालयको दुनियाँमा अल्झिरहेका छौँ, अब हामीलाई योभन्दा नि ठुलो दुनियाँमा घुलमिल हुन मन छ। यो वातावरण बनाइ दिनु पर्यो। बाटो देखाइ दिनु पर्यो। यो परिक्षाको झमेलाबाट मुक्ति दिलाइ दिनु पर्यो। 
आफ्नो सन्तानले दुई वर्षको पढाइ सकाउन चार वर्षभन्दा बढी लगाएको देख्दा कुन बा-आमालाई राम्रो लाग्ला र ? बा-आमालाई दुःख र चिन्ता दुवै हुन्छ। र यो स्वाभाविक पनि छ।
हामीलाई थाहा छ, तपाईँहरूमध्ये धेरैको सन्तान त यो विश्वविद्यालयमा पढ्दै पढ्दैनन्। उनीहरू विदेशको विश्वविद्यालयमा रमाइ रहेका होलान्। आफ्नो सन्तानको खुशीको लागि जे पनि गर्न सक्ने तपाईँ विज्ञहरू आफ्ना विद्यार्थीको लागि किन केहि गर्न अग्रसर बन्नु हुन्न ? तपाईँहरू धेरैजसोका नामको अगाडि प्रोफेसर अनि डाक्टर उपनाम जोडिएको छ। कमसेकम ति शब्दहरूको इज्जत रहने काम त गरेर देखाउनुस्। 

समयले मौका दिएको छ। परिस्थितिले शैक्षिक क्षेत्रमा केहि  नौलो प्रयोग गर्ने अवसर ल्याएको छ। अनलाइन परिक्षा गर्नुमा के खराबी छ र ? सरकारले मान्दैन, दुनियाँले मान्यता दिदैन भनेर कति टार्नु हुन्छ ? परिवर्तनको सबैभन्दा ठूलो आधार इच्छा हो, कोशिस हो। कोशिस नगरि बस्नु कमजोरी हो। हामी यो कमजोरी लिएर दुनियाँ सामु लाचार भएर कति बस्ने ? 
तपाईहरूले घोकेर पढाउनु भएको हो। विद्यार्थीले घोकेरै पढेको हो। परिक्षामा पनि घोकेकै कुरा लेख्ने हो। फरक यति हो, कसैले धेरै सम्झिन्छ, कसैले थोरै। के घोकेर परिक्षामा लेखेर पास हुनुलाई तपाईँहरू उसको दक्षता मान्नु हुन्छ र ? यसो हो भने परिक्षा हलमा घोकेका कुरा लेखेर पास हुनु र अनलाइन परिक्षामा सोहि कुरा हेरेर लेख्नुमा के भिन्नता भयो र ? आखिर दुवै शैलीमा विद्यार्थीले बुझ्ने त केहि होइन क्यारे !
कोरोना कसैले आऊ भनेर आएको होइन। र कसैले जाऊ भनेर जानेवाला छैन। यस बिचमा अब अनलाइन पढाइ र परिक्षाको विकल्प छैन। 
 घोकेर सम्झेर दुई घण्टा लेखेको उत्तरले कुनै पनि विद्यार्थीको खुवी कति छ भन्न सक्दैन कुनै पनि विश्वविद्यालयले। हामीलाई अब मास्टर्स या ब्याच्लर्स तहमै अल्झेर बस्नु छैन। धुवाँ भरेको बन्द कोठामा थुनेर राखेझैँ उकुस-मुकुस महशुस भइ सक्यो हामीलाई अब। यसर्थ छिटोभन्दा छिटो विश्वविद्यालय प्रशासनले अनलाइन परिक्षा गराउने निर्णय लिइ विद्यार्थीलाई अलमल्ल हुनबाट मुक्त बनाओस्। अनलाइन परिक्षा गराएर जति सक्दो चाँडो हाम्रो भविष्यको बाटो स्पष्ट बनाइ दिनु पर्यो। हामी सम्पूर्ण विद्यार्थीको यहि माग छ।    

अन्तमा,
विद्यार्थीलाई अन्योलमा राखेर  विश्वविद्यालय अब निदाएर बस्नु भएन। हामीले विश्वविद्यालयलाई झकझकाइरहेका छौँ। विश्वविद्यालयले सम्बन्धित मन्त्रालय र सरकारलाई झकझकाउनु पर्यो। पढाइ र परिक्षा सन्चालनमा नयाँ आयाम ल्याउनु पर्यो। विद्यार्थीलाई अन्योलतामा झुलाउनु भएन। समस्याको निकास खोज्नु पर्यो। अलमल्ल परेर समय खेर फाल्नुभन्दा केहि न केहि बाटो रोज्नु पर्यो।
यो लेख मार्फत सन्चार माध्यम र विद्यार्थी संगठनहरूलाई हामी विद्यार्थीको एउटै अनुरोध छ, हामी विश्वविद्यालयको मारमा परेका छौँ। हाम्रो समस्या बाहिर ल्याइदिनु पर्यो। हाम्रो पुकार सुनिदिनु पर्यो। त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेन्डर र यसअनुरुप कार्य सम्पादन भए-नभएकोमा प्रश्न उठाइ दिनु पर्यो। प्रशासनलाई विद्यार्थीको परिश्रम र लगानी बुझ्ने बनाइ दिनु पर्यो। यति गरिदिएको खन्डमा तपाईँहरूको पेशाले पनि तपाईँहरुको इमान्दारितामाथि गर्व गर्ने छ। र हाम्रा आत्माले तपाईँको कर्मको महिमा गाउदै सत्कार गर्ने छ। 👏👏


                                                                - त्रिभुवन विश्वविद्यालयद्वारा पिडित विद्यार्थी


अनलाइन परिक्षा माग गरेका विद्यार्थीका केहि प्रतिनिधि पोस्टहरू तलको लिंकमा गइ पढ्न सक्नु हुन्छ 👇

विद्यार्थी आवाजका केहि प्रतिनिधि स्क्रिनसटहरू 👇👇

 


यस ब्लगका अन्य पोस्टहरू पढ्न तलको लिंकमा जानु होस्ः
नोटः
यो पोस्टमा अनलाइन परिक्षाको लागि आएका विद्यार्थीको माग र आवाजलाई मात्रै समावेश गरिएको छ। विश्वविद्यालय प्रशासनको विचार, तयारी र अप्ठ्यारा परिस्थितिहरूबारे कुनै तथ्य राखिएको छैन। यसर्थ हाम्रो आवाज मारमा परेका विद्यार्थीको हो, र कसैले यसलाई अन्यथा नमानि दिनु होला र सम्बन्धित प्रशासनका पदाधिकारीहरूले यो आवाजबारे मनन गरोस् भन्ने हाम्रो चाहना छ। धन्यवाद !!

रविवार, 25 अप्रैल 2021

मानिसको जीवनमा P को तागत - Power of P

Power of P in Human life:

मानिसको जीवनमा P बाट आउने शब्दले ठूलो अर्थ राख्दछ। 

अझ भन्नु पर्दा मानिस सधैँ P ले घेरिएको हुन्छ। P कै पछि लागेर मानिसको चोला सकिन्छ। 

मानिसको जीवन P मै सुरु हुन्छ र P मै सकिन्छ - पृथ्वी

मानिसको जीवन सुरु हुन पनि P चाहिन्छ - पिता 

मानिस जन्मिने पनि P मै हो - परिवार

जन्मिने बितिकै उसलाई परिवारबाट P चाहिन्छ - प्रेम

अनि घरको P धान्दै  ऊ जीउन थाल्दछ - परम्परा

जन्मेपछि हुर्कन बढ्न उसलाई P नै चाहिन्छ - पोषण

भविष्य सभ्य र सुसँस्कृत बनाउन उसले P गर्न थाल्दछ- पढाइ

यसको लागि उसलाई P नै चाहिन्छ - पैसा 

पढेर मात्रै हुँदैन। आफ्नो सक्षमता देखाउन उसले अनेक P को सामना गर्नु पर्ने हुन्छ- परिक्षा

परिक्षाको सामना गरेर मात्रै नि पुग्दैन। संघर्षको खुड्किलो चढ्न ऊ  P त हुनै पर्छ - पास

नत्र ऊ  अरुभन्दा P हुने सम्भावना ज्यादा हुन्छ - पछाडि

मानिस जीवनभर दौडिरहन्छन्। किनकी उसलाई सिकाइएको हुन्छ, जीवन P हो - प्रतिष्पर्धा

अब प्रतिष्पर्धा उसले चाल्ने हरेक  मा देखा  पर्दछ पाइला 

यसमा P हुने रहर सबैलाई हुन्छ - प्रथम

\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\

उमेर बढ्दै जादा उसलाई एक व्यक्तिको जरुरत महशुस हुन्छ - प्रेमी \ प्रेमिका

उनीहरूको सम्बन्ध राम्रो रहिरहे पछि P मै परिणत हुन्छ - पति\पत्नी

दुई जनाको जीवन निर्वाह गर्नको लागि उसले केहि न केहि P त गर्नै पर्ने हुन्छ - पेशा

यसको लागि कि त ठाउँको मानिससँग ऊ P हुनु पर्छ - परिचित

 नत्र P कै जरुरत पर्दछ - पावर

कलियुगको रित यस्तै छ, सोझो बनेर समाजमा P हाशिल गर्न कठिन छ- प्रतिष्ठा

यसैले ठाउँमा पुगेकाहरू धेरै जसोलाई P को आरोप लाग्ने गर्छ - पदभ्रष्ट

धर्तिमा रहुन्जेल के घमन्ड गर्छौ र ? यहाँ कसैको जीवन स्थायी छैन। 

अन्तमा सबैले जानु पर्ने ठाउँ त P नै हो - परलोक 

यहाँसम्म पढ्नु भएपछि P को बारेमा धेरै चाखलाग्दो  P जान्नु भयो होला भन्ने लागेको छ - पक्षहरू

अचम्म लाग्दो कुरा त के हो भने P को शक्ति पनि P मै रहेको छ  - Power

यसैले जीवनमा P गर्दै जानुस् - परिश्रम 

P अवश्य पाउनु हुने छ - प्रतिफल

कामना गर्दछु, हजुरलाई  P ले सदैव  रक्षा गरुन् र साथ देऊन् - परमेश्वर


\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\ समाप्त\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\


तपाईलाई लागेको यस्तै रोचक तथ्या केहि छन् भने कमेन्टमा राख्न सक्नु हुन्छ। यति पढ्नु भएपछि हामीलाई   P अवश्य दिनु होला - प्रतिक्रिया ।


अन्य लेख रचना तथा गीतसंगीतको लागि तलको बटनमा P गर्नु होस् - Press 

बटन

भिडियो हेर्नु होस्ः

मंगलवार, 13 अप्रैल 2021

कामना गर्दछु सधैँ स्वच्छ रहोस् सहर तिम्रो ...........

 

कामना गर्दछु सधैँ स्वच्छ रहोस् सहर तिम्रो

मनमा छाइ रहोस् सुख र खुशीको लहर तिम्रो।।

दुख कष्ट रोग डराएर त्यो ज्यानमा पस्न,

नयाँ वर्षले पुरा गरोस् सबै रहर तिम्रो ।।।

|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||


सहरमा बसेका छौँ भनेर पनि के घमन्ड गर्नु र खै ! अस्ति कुनचाहिँ गाउँलेको दिमाग सड्कियो, वनमा आगो लाइदियो। असर सिधै सहरमा पर्यो। वायुमन्डलको हालत यति खराब भयो, सरकारले झन्डै एक हप्ता उपत्याका बन्द गर्ने निर्णय गर्यो। घरै घरले भरिएको सहरमा पनि छिमेकीको घर देख्न कठिन बनायो, वायु प्रदूषणले। काठमाडौँले विश्वकै दूषित सहरको पहिलो स्थानमा आफ्नो रेकर्ड बनायो। 

वायुमा मिसिएको धुँवा र धुलोले सास फेर्न गार्हो थियो, आँखा पोलेर हेरिसक्नु थिएन। 

दुनियाँमा विकास र विनासका काम जे हुन्छ, त्यसको सुरुवात सहरबाटै हुने रहेछ।  

गत वर्ष देशमा कोरोना संक्रमण पनि यहि सहरबाट भएको थियो। यसको असर अझै हटेको छैन। कोरोनाले सहरसँगै गाउँसम्म पनि प्रभाव देखाउन भ्यायो। दुनियाँ अझै यसको चपेटामा फसेको छ। 

जीवनको पलपलमा चाहिने हावा दूषित हुदा चाहिँ कोरोनाको डर पनि फिका पर्दो रहेछ। 

सहरिया जीवन कृत्रिम विकाससँग जोडिएको छ। गाउँले जीवनको सम्बन्ध सिधै प्रकृतिसँग छ। प्रकृतिले दिएको यो शरिर कृत्रिम विकास र विनासको कारण अगाडि घुँडा टेक्न वाध्य पर्दो र‍हेछ। विगत केहि हप्ताको भोगाइले मानिसलाई यहि तथ्य सिकाएको छ। 

पहिले पहिले नयाँ वर्षको शुभ-कामना दिँदा व्यक्तिको सुख, स्वास्थ्य र सफलताको कामना गरिन्थ्यो। अब सफा र स्वच्छ सहरको कामना गर्नु पर्ने अवस्था आएको छ। यदि व्यक्ति बस्ने सहर नै स्वच्छ छैन भने हामीले उसको स्वास्थ्य-लाभको कामना गरेर मात्रै केहि चमत्कार हुने जस्तो देखिएन। 

लाग्छ, अब मानिसले आफ्नो व्यवहार बदल्नु पर्ने बेला आएको छ। प्रदूषणले गाउँ र सहर चिन्दैन। प्रदूषणले धनी र गरिब चिन्दैन। प्रदूषणले बच्चा-बच्ची र वृद्ध-वृद्धा चिन्दैन। प्रदूषण घुसमा विक्दैन। प्रदूषणले कमिशन खोज्दैन। प्रदूषणले शिक्षित र अशिक्षित चिन्दैन। प्रदूषणले सबैमा समान प्रभाव देखाउँछ। फरक यति हो,  प्रभाव खप्न सक्ने ताकत कसमा कति छ। नतिजा यसैमा भर पर्छ। 

होचा र गहिरो उपत्याकामा बस्न प्रदूषणलाई खुव मन पर्छ, जसरी मानिसलाई सहर मन पर्छ। सहर मानिसले बनाएको हो, प्रदूषणले होइन। अचम्म लाग्दो कुरा त यो छ, प्रदूषणलाई पनि सहर मन पर्छ। फरक यति छ, मानिस आफै सहर पस्छन्। प्रदूषणलाई मानिसले बोलाउँछन्। यसर्थ, अब मानिसले आफ्नो व्यवहार बदल्ने बेला आएको छ।

यदि अझै पनि यो भनाइको तात्पर्य बुझ्नु भएको छैन भने यति बुझ्नु कि प्रदूषणले तपाईँको बुझ्ने शक्तिमा पनि प्रभाव जमाइ सकेको छ।   

मानिसको मन सफा भए उसले आफ्नो ज्यान सफा राख्दछ। ज्यान सफा राख्नेले घर पनि सफा राख्दछ।

घर सफा राख्नेले समाज सफा राख्दछ। समाज सफा हुनेको दुनियाँ सफा हुन्छ।

यसर्थ नयाँ वर्षको सुरुवात सँगै हामीले आफ्नो मन सफा गर्ने प्रयत्न गरौँ। 

आँखा राम्रो हुनेले संसार राम्रो देख्दछ। यसर्थ आफ्नो आँखा सफा राखौँ।

मस्तिष्क सफा हुनेले प्रयोग गर्ने शब्द सफा हुन्छन्। यसैले मस्तिष्क सफा राखौँ।

ओठ सफा हुनेको बोली सफा हुन्छ। यसर्थ आफ्नो ओठ सफा राखौँ।

तौल धेरै हुने चिजले आफु अडिएको  जमिन कहिल्यै छोड्दैन। आफ्नो आधारको महत्त्व उसलाई राम्ररी थाहा हुन्छ। 

यसर्थ मनमा घमण्ड बढाउनु भन्दा ज्यानमा निश्चित तौल कायम गरौँ, ता कि  आफूले टेकिरहेको धरातल कसैले पनि नभुलुन्। 

टन्न पैसा कमाउने रहर सबैलाई हुन्छ। तर यति धेरै पैसाको लालच पनि नराखौँ कि पैसाकै शक्तिले व्यक्तिलाई जमिनमाथि उडाओस्। धेरैले भन्छन्, हवाईजहाजमा भन्दा यात्रुको सुरक्षा बसमा बढी हुन्छ। किनकी हावामा उडिरहेको बेलून कुनै पल त अवश्य फुट्छ। फुटेको टुक्रा पुनः जमिनमै खस्नु पर्छ। यो सबैलाई थाहा भएकै कुरा हो, हावाबाट जमिनमा खस्नु र जमिनबाट जमिनमै पल्टिनुमा धेरै भिन्नता हुन्छ।

यसर्थ, अब मानिसले आफ्नो व्यवहार बदल्ने बेला आएको छ।

मानिस जन्मदै गलत हुन्छ त हामी भन्दैनौँ। तर हाम्रो जन्म र भोगाइले यहि सत्य ओकल्छ, हामीहरू धेरै ज्ञान-गुणका कुरा बच्चा-बच्चीलाई सिकाउँछौँ, वृद्ध-वद्धालाई होइन। किनकी जान्नेले सहि कुरामा साथ दिएन भने कोहि-कसैले पनि सहि कर्म गर्न सक्दैन। यसर्थ, जीवनमा सहि व्यक्तिको सय गलत काममा साथ दिनुभन्दा गलत व्यक्तिको  एउटा सहि कार्यमा साथ दिनु उचित हुन्छ।

दुनियाँको नजरबाट अदृश्य भगवानले तपाईँ र तपाईँ नजिकका व्यक्ति सबैलाई रक्षा गरुन्। तपाईँ र तपाईँको जीवनमा महत्वपूर्ण व्यक्तिहरू सबै सधैँ स्वस्थ र सफल रहुन्। सबैभन्दा महत्त्वपूर्ण कुरो, ति व्यक्तिहरू सधैँ तपाईँको साथमा र तपाईँको पक्षमा रहुन्। एउटा कुरा याद राखिदिनु होला, जसरी हामी आफ्नो घर बगैँचा आफैँ सफा गर्छौँ, आफू बस्ने सहर पनि आफैले सफा राख्नु पर्दछ। व्यक्तिको सानो प्रयासले घर सफा रहन्छ भने व्यक्ति-व्यक्तिको प्रयासले सहर सफा रहन्छ। सबै कुरामा सरकारको भर परेर मात्र हुन्न।  नयाँ वर्षको तपाईँलाई अनगिन्ती शुभ-कामना व्यक्त गर्दछौँ।

- My Feelings For You Team

रचना वाचन हेर्नको लागि तलको भिडियोमा क्लिक गर्नु होस्। 👇👇



यस्तै लेख-रचना र गीतसंगीतको लागि यस ब्लगलाई FOLLOW गर्नु होस्।

चर्चित नेपाली गीतहरू यहाँबाट डाउनलोड गर्नु होस्।




शनिवार, 20 मार्च 2021

चिनो

 तिमीले ख्याल राखेनौ भने, बेला बेलामा सफा गरेनौ भने मैले तिमीलाई दिएको चिनो पनि सधैँ नयाँ नरहन सक्छ। पुरानो भएर टुट्न सक्छ, फुट्न सक्छ। सहरको धुलोले मैलिन सक्छ। रुप बद्लिन सक्छ। पहिलेको जस्तो चमक र मनमोहक नहुन सक्छ। तिम्रो कोठाको कुनै कुनामा एक्लै पर्न सक्छ। तिम्रा घरकाले काम नलाग्ने चिज सम्झेर डस्बिनमा फाल्न सक्छन्। यसरी मैले तिमीलाई दिएको हाम्रो नाताको चिनो सधैँका लागि तिमीबाट गुम्न सक्छ। पछि तिमीले खोज्दा नभेटिन सक्छ। अझ भनुँ, तिमीले सम्झिदै सम्झेनौ भने त्यो चिनोको अस्तित्व तिम्रो दुनियाँबाटै मेटिन सक्छ। 

चिनो स्वरुप साटिएको एउटा सामानले कति ठुलो अर्थ राख्छ हाम्रो सम्बन्धमा। यो चिनो एउटा ऐना हो, जसमार्फत मेरो माया परावर्तन भएर तिमीसम्म पुग्छ। यसरी नै तिम्रो माया मसम्म आइ पुग्छ। 

समयले हाम्रो मायामा पनि यस्तै धुलो छर्कन सक्छ। सम्बन्ध मैलो बनाइ  दिन सक्छ। तिमीले ख्याल गरेनौ भने, मैले ख्याल गरिनँ भने यो मायाको चमकता धमिलो पार्दिन सक्छ। तिमी र मलाई अहिलेको दुरीभन्दा पनि टाढा हुत्त्याइ दिन सक्छ। दुनियाँमा संरचनाहरू बिगार्न सजिलो छ। ध्वस्त पार्न धेरै समय लाग्दैन। त्यो संरचना बनाउदाको संघर्ष त्यो बनाउनेलाई मात्रै थाहा हुन्छ। हामीलाई थाहा छ, हाम्रो सम्बन्ध यहाँसम्म ल्याइ पुराउन हामीले कति समय खर्चेका छौँ। मानसिक रुपमा र भावुकतामा आफूलाई सम्हालेर राख्न कति संघर्ष गरेका  छौँ। यो तिमी र मैले मात्रै बुझ्छौँ। तिम्रा र मेरा परिवार र आफन्तजनले बुझ्दैनन् हाम्रो यो संघर्ष। मायामा भएर पनि टाढा रहदाको पिडा तिमी  र मलाई जति अरुलाई सायदै थाहा होला। 

हाम्रो मायालाई हामीले चिनेका छौँ। यसको महिमा र हाम्रो जीवनमा यसको महत्व हामीले बुझेका छौँ। यो माया बिनाको  हाम्रो जीवन जंगल बिनाको जमिनझैँ उजाड हुने महशुस हामीलाई हुन्छ। अरुले यो बुझ्दैनन्। 

तिम्रो कोठामा  धुलोले चमकता गुमाएको मेरो चिनो र हाम्रो माया उस्तै हुन्। घरकाले यसको विशेषता नबुझेर कवाडमा फालिदिने जमर्को गर्न सक्छन्। तिमीले यो बुझ्नु जरुरी छ, हरेक व्यक्तिलाईआफुसंग सम्बन्धित र आफुलाई जरुरत परेको चिजको मात्रै महत्व थाहा हुन्छ। अर्काको चिजको वास्तै गर्दैनन्।

हामीले अरुलाई बुझाउनु पर्छ, हाम्रा लागि महत्वपूर्ण कुराको बारेमा। 

समयले हरेक चिजको स्वरुप बदलि दिन्छ प्रिय। आयु घटाइ दिन्छ। अनेक कमजोरी सिर्जना गराइ दिन्छ। सुन्दरता मेटाइ दिन्छ।  अन्ततः हाम्रो जीवनबाट त्यसको अस्तित्व नै हटाइ दिन्छ।  यसैले समय बलवान् छ।

समयभन्दा ठुलो कुरा हाम्रो चाहना हो, हाम्रो मन हो। समय बद्लिन्छ, परिवेश बद्लिन्छ। तर हाम्रो मन बद्लिनु भएन। चाहना बद्लिनु भएन। मनमा कुनै चिजप्रतिको चाहना र यसलाई हाशिल गर्ने अठोट बलियो भयो भने समय पनि वाध्य हुन्छ, हामीलाई त्यो चिज सुम्पिन। 

आज मेरो चाहना तिमी छौ। तिम्रो चाहना । 

 

एक-अर्कालाई पाउने चाहनामा हामी यति विलिन छौँ। तिमी बाहेक म अरुको बारेमा सोच्दिन, तिमी पनि सोच्न सक्दैनौ। शब्दमा वयान गरि तिमीलाई बुझाउन कठिन छ, यो चाहनाको बारेमा। तिमी आफू पनि बुझकी छौ। धेरै कुरा  बुझ्छौ। यस्तो लाग्छ, कसैको मायामा डुबेपछि उसको बारेमा बुझ्ने शक्ति पनि आफै प्राप्त हुन्छ हामीलाई। 

ख्याल गरौँला। सुरक्षित राखौँला। हाम्रो मायाको यो सम्बन्धलाई सधैँभरी ताजा र चमकपूर्ण बनाइ राखौँला।

विगतमा हामी भेट हुदा तिमीले दिएको चिनो हेर्छु। तिम्रो यादले सारै सताउँछ। लाग्छ, अहिल्यै तिम्रो नजिक आएर तिमीलाई कस्सेर अंगालोमा बेरूँ। लाग्छ, चाहे जस्तोसुकै अवस्था आओस्, आँखा नझिम्काइ तिमीलाई हेरूँ। 

तिमी बेला बेलामा गुनासो गर्छौ, 'पहिले जति माया नै गर्दैनौ आजकल मलाई!'  

तिमीले भने जस्तो मलाई अलिकति पनि लाग्दैन। तिमीलाई बुझाउन सक्दिन, तिम्रो माया कति छ। तौलेर बताउन पनि सक्दिन, पहिलेभन्दा अहिले कति गुणा बढेको छ तिम्रो माया। मलाई महशुस हुन्छ, तिमीबाट टाढा बस्न कति गारो छ। जब भिडियो कलमा मेरो सामु तिमी आफ्नो भावुकता दर्साइ रहेकी हुन्छौ। तिमीलाई के थाहा, त्यो पल मेरो मनमा कति कुराको बबन्डर मच्चिरहेको हुन्छ तिमीलाई लिएर। सायद् स्वभावैले होला, म तिमी जति भावुक देखिन सक्दिनँ। स्वभावले नै हो, तिमीप्रतिको कुनै भावुकता म बोलेर मात्रै तिमीलाई महशुस गराउन चाहन्न। बोले जस्तो गर्न मन छ। 

तिमीलाई काखमा राखेर तिम्रा कानमा सुस्तरी यी भावना खोल्नुको मज्जा। यति पनि नभए, तिम्रो हात समाएर तिम्रा आँखामा हेरेर तिमी सामु यी भावना  खोल्नुको मज्जा। यति बेला म मात्रै महशुस गर्न सक्छु।  आज तिमीलाई बोलेर बताउदा अनि भोलि तिमीलाई भेटेर त्यहि कुरा गर्दा। त्यति मज्जा नआउन सक्छ, जति पहिलो पटक कुनै कुरा सुन्दा र प्रत्यक्ष महशुस गर्न पाउदा आउँछ।

तिमीलाई च्यापेर राख्ने चाह हुदाहुदै पनि यो अंगालो खाली हुदा, तिम्रा ओठमा चुम्ने रहर हुदाहुदै पनि एक अर्कोको स्पर्शमा मात्रै यी ओठलाई सिमित राख्नु पर्दा। पिडा छ प्रिय पिडा छ ! 

तिमी भन्छौ, 'मलाई हजुरसँगै निदाउन मन छ।'

 तिम्रो बोली सम्झिदा मलाई आफ्नै बिस्ताराले गिज्याउँछ आजकल। 

दुनियाँमा सबभन्दा भाग्यमानी चिज यो तकिया हो जस्तो लाग्छ मलाई। किनकी यसकै एक रुप तिम्रो अँगालोमा पनि होला यति बेला। मेरो अंगालोमा पनि छ। यो जहाँ छ, कसै न कसैको अंगालोमा पक्कै छ। बस् यति चाहना छ यति बेला मभित्र, भोलिपर्सी हामी सँगै हुदाँ तकिया बिचमा राखेर निदाउनु पर्ने वाध्यता कहिल्यै नआओस्। सुनेको छु, सम्बन्ध कमजोर बन्दै जादा तकिया दुई जनाको बिचमा घुस्छ रे ! यस्तो दिन हाम्रो मायामा कैल्यै नआओस्। म तिमीलाई विश्वास दिलाउन चाहन्छु, हाम्रो जीवनमा यस्तो पल कैल्यै आउने छैन। 

जब हामी संगै हुन्छौ, हाम्रो बिचमा एउटा कुरा मात्रै हुने छ - हामीले लगाएका कपडा। कुनै पल त यी कपडा पनि बिचमा रहन दिने छैन। स्पर्श मनको मिठो हुन्छ, स्पर्श तनको मिठो हुन्छ। यी दुवै स्पर्शको मिठासले तिम्रो मन भरिपुर्ण बनाइ राख्ने छु। 

मान्छेले डाह गर्ने कुरा। अरुका आँखा लाग्ने कुरा। समाजमा विद्यमान छ। जुन सुख र खुशी म तिमीलाई दिन्छु, यसमा कसैको आँखा लाग्न पाउने छैन। हाम्रो प्रगति देखेर अरुले डाह गर्नु स्वाभाविक छ। यो त मानिसको जन्मसिद्ध अधिकार पनि हो। डाह गरे गरुन्। तर कसैका कुदृष्टि हाम्रो सम्बन्धमा नपरुन्। तिमीलाई कामना। मलाई नि कामना।। अपार माया। तिमीलाई अनगिन्ती सम्झना।।

शनिवार, 6 मार्च 2021

तिमीलाई बिर्सेर बाँचु म | मन छुने रचना


तिमीलाई बिर्सेर बाँचु म.........................


मायाको गजल।
नेपाली गजल ।।

मन छुने नेपाली गजलः

तिमीलाई बिर्सेर बाँचु म, यो हुनै सक्दैन ।
तिमीलाई रुवाई हाँसु म, यो हुनै सक्दैन ।।

सत्यता पालन गर्ने तिमी जस्ती देवीलाई,
छल गरेर ढाँटु म, यो हुनै सक्दैन ।

बल्ल जीवनमा देखा परेको खुसी लुटेर तिम्रो,
आँखामा बगाऊँ आँसु म, यो हुनै सक्दैन ।

तिमीलाई अपार माया दिने वचन दिइ सकेपछि,
अरुलाई दिलमा राखुँ म, यो हुनै सक्दैन ।।


तिमीलाई रुवाई हाँसु म, यो हुनै सक्दैन ।
तिमीलाई बिर्सेर बाँचु म, यो हुनै सक्दैन ।।


।।।। पुरा गजलको लागि तलको भिडियोमा क्लिक गर्नु होस् ।    👇👇।।।।।




तपाईँको सल्लाह, सुझाव र प्रतिक्रियाको सदैव प्रतिक्षा गर्दछौँ।।

यसर्थ, लागि तलको कमेन्ट बक्समा प्रतिक्रिया छोड्न नछुटाउनु होला।



आफ्नै दुनियाँबाट हराइ भेटिन्छु तिमीसंगै ........

भावनाको संगमः

 आफ्नै दुनियाँबाट हराइ, भेटिन्छु तिमीसंगै ।
तिम्रै कारण बाँचेको छु, मेटिन्छु तिमीसंगै ।।

माया एउटैलाई गरिन्छ, धेरै जना हुन्न ।
यति मिठो माया तिम्रो, कतै तुलना हुन्न ।।

कति धेरै आज मेरो, यादैमा आयौ नि,
मेरी प्रिय भन त, खाना त खायौ नि ?  

जति सकिन्छ सम्पति, कमाउला तिमी संगै ।
जति सकिन्छ जीवनमा, रमाउला तिमी संगै ।।

।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।
।।।।। रचना राम्रो लागेमा प्रतिक्रिया छोड्नु होला।।।।
।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।



nepali gajal

नेपाली गजल अण्डा सक्कल भए पो चल्ला धेरै हुन्छ, हाम्रो देशमा त कामभन्दा हल्ला धेरै हुन्छ । बाँकी भिडियोमा हेर्नु होस्।  

यी पनि तपाईँलाई मन पर्न सक्छन्।