गुरुवार, 29 अप्रैल 2021
देशको विश्वविद्यालयको पढाइ विद्यार्थीका लागि यति भयावह हुनुमा दोषी को ?? अनलाइन परिक्षा गर्नुमा के समस्या छ र ?? एक पटक अवश्य पढ्नु होला।
रविवार, 25 अप्रैल 2021
मानिसको जीवनमा P को तागत - Power of P
Power of P in Human life:
मानिसको जीवनमा P बाट आउने शब्दले ठूलो अर्थ राख्दछ।
अझ भन्नु पर्दा मानिस सधैँ P ले घेरिएको हुन्छ। P कै पछि लागेर मानिसको चोला सकिन्छ।
मानिसको जीवन P मै सुरु हुन्छ र P मै सकिन्छ - पृथ्वी
मानिसको जीवन सुरु हुन पनि P चाहिन्छ - पिता
मानिस जन्मिने पनि P मै हो - परिवार
जन्मिने बितिकै उसलाई परिवारबाट P चाहिन्छ - प्रेम
अनि घरको P धान्दै ऊ जीउन थाल्दछ - परम्परा
जन्मेपछि हुर्कन बढ्न उसलाई P नै चाहिन्छ - पोषण
भविष्य सभ्य र सुसँस्कृत बनाउन उसले P गर्न थाल्दछ- पढाइ
यसको लागि उसलाई P नै चाहिन्छ - पैसा
पढेर मात्रै हुँदैन। आफ्नो सक्षमता देखाउन उसले अनेक P को सामना गर्नु पर्ने हुन्छ- परिक्षा
परिक्षाको सामना गरेर मात्रै नि पुग्दैन। संघर्षको खुड्किलो चढ्न ऊ P त हुनै पर्छ - पास
नत्र ऊ अरुभन्दा P हुने सम्भावना ज्यादा हुन्छ - पछाडि
मानिस जीवनभर दौडिरहन्छन्। किनकी उसलाई सिकाइएको हुन्छ, जीवन P हो - प्रतिष्पर्धा
अब प्रतिष्पर्धा उसले चाल्ने हरेक P मा देखा पर्दछ - पाइला
यसमा P हुने रहर सबैलाई हुन्छ - प्रथम
\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\
उमेर बढ्दै जादा उसलाई एक व्यक्तिको जरुरत महशुस हुन्छ - प्रेमी \ प्रेमिका
उनीहरूको सम्बन्ध राम्रो रहिरहे पछि P मै परिणत हुन्छ - पति\पत्नी
दुई जनाको जीवन निर्वाह गर्नको लागि उसले केहि न केहि P त गर्नै पर्ने हुन्छ - पेशा
यसको लागि कि त ठाउँको मानिससँग ऊ P हुनु पर्छ - परिचित
नत्र P कै जरुरत पर्दछ - पावर
कलियुगको रित यस्तै छ, सोझो बनेर समाजमा P हाशिल गर्न कठिन छ- प्रतिष्ठा
यसैले ठाउँमा पुगेकाहरू धेरै जसोलाई P को आरोप लाग्ने गर्छ - पदभ्रष्ट
धर्तिमा रहुन्जेल के घमन्ड गर्छौ र ? यहाँ कसैको जीवन स्थायी छैन।
अन्तमा सबैले जानु पर्ने ठाउँ त P नै हो - परलोक
यहाँसम्म पढ्नु भएपछि P को बारेमा धेरै चाखलाग्दो P जान्नु भयो होला भन्ने लागेको छ - पक्षहरू
अचम्म लाग्दो कुरा त के हो भने P को शक्ति पनि P मै रहेको छ - Power
यसैले जीवनमा P गर्दै जानुस् - परिश्रम
P अवश्य पाउनु हुने छ - प्रतिफल
कामना गर्दछु, हजुरलाई P ले सदैव रक्षा गरुन् र साथ देऊन् - परमेश्वर
\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\ समाप्त\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\
तपाईलाई लागेको यस्तै रोचक तथ्या केहि छन् भने कमेन्टमा राख्न सक्नु हुन्छ। यति पढ्नु भएपछि हामीलाई P अवश्य दिनु होला - प्रतिक्रिया ।
अन्य लेख रचना तथा गीतसंगीतको लागि तलको बटनमा P गर्नु होस् - Press
भिडियो हेर्नु होस्ः
मंगलवार, 13 अप्रैल 2021
कामना गर्दछु सधैँ स्वच्छ रहोस् सहर तिम्रो ...........
कामना गर्दछु सधैँ स्वच्छ रहोस् सहर तिम्रो।
मनमा छाइ रहोस् सुख र खुशीको लहर तिम्रो।।
दुख कष्ट रोग डराएर त्यो ज्यानमा पस्न,
नयाँ वर्षले पुरा गरोस् सबै रहर तिम्रो ।।।
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
सहरमा बसेका छौँ भनेर पनि के घमन्ड गर्नु र खै ! अस्ति कुनचाहिँ गाउँलेको दिमाग सड्कियो, वनमा आगो लाइदियो। असर सिधै सहरमा पर्यो। वायुमन्डलको हालत यति खराब भयो, सरकारले झन्डै एक हप्ता उपत्याका बन्द गर्ने निर्णय गर्यो। घरै घरले भरिएको सहरमा पनि छिमेकीको घर देख्न कठिन बनायो, वायु प्रदूषणले। काठमाडौँले विश्वकै दूषित सहरको पहिलो स्थानमा आफ्नो रेकर्ड बनायो।
वायुमा मिसिएको धुँवा र धुलोले सास फेर्न गार्हो थियो, आँखा पोलेर हेरिसक्नु थिएन।
दुनियाँमा विकास र विनासका काम जे हुन्छ, त्यसको सुरुवात सहरबाटै हुने रहेछ।
गत वर्ष देशमा कोरोना संक्रमण पनि यहि सहरबाट भएको थियो। यसको असर अझै हटेको छैन। कोरोनाले सहरसँगै गाउँसम्म पनि प्रभाव देखाउन भ्यायो। दुनियाँ अझै यसको चपेटामा फसेको छ।
जीवनको पलपलमा चाहिने हावा दूषित हुदा चाहिँ कोरोनाको डर पनि फिका पर्दो रहेछ।
सहरिया जीवन कृत्रिम विकाससँग जोडिएको छ। गाउँले जीवनको सम्बन्ध सिधै प्रकृतिसँग छ। प्रकृतिले दिएको यो शरिर कृत्रिम विकास र विनासको कारण अगाडि घुँडा टेक्न वाध्य पर्दो रहेछ। विगत केहि हप्ताको भोगाइले मानिसलाई यहि तथ्य सिकाएको छ।
पहिले पहिले नयाँ वर्षको शुभ-कामना दिँदा व्यक्तिको सुख, स्वास्थ्य र सफलताको कामना गरिन्थ्यो। अब सफा र स्वच्छ सहरको कामना गर्नु पर्ने अवस्था आएको छ। यदि व्यक्ति बस्ने सहर नै स्वच्छ छैन भने हामीले उसको स्वास्थ्य-लाभको कामना गरेर मात्रै केहि चमत्कार हुने जस्तो देखिएन।
लाग्छ, अब मानिसले आफ्नो व्यवहार बदल्नु पर्ने बेला आएको छ। प्रदूषणले गाउँ र सहर चिन्दैन। प्रदूषणले धनी र गरिब चिन्दैन। प्रदूषणले बच्चा-बच्ची र वृद्ध-वृद्धा चिन्दैन। प्रदूषण घुसमा विक्दैन। प्रदूषणले कमिशन खोज्दैन। प्रदूषणले शिक्षित र अशिक्षित चिन्दैन। प्रदूषणले सबैमा समान प्रभाव देखाउँछ। फरक यति हो, प्रभाव खप्न सक्ने ताकत कसमा कति छ। नतिजा यसैमा भर पर्छ।
होचा र गहिरो उपत्याकामा बस्न प्रदूषणलाई खुव मन पर्छ, जसरी मानिसलाई सहर मन पर्छ। सहर मानिसले बनाएको हो, प्रदूषणले होइन। अचम्म लाग्दो कुरा त यो छ, प्रदूषणलाई पनि सहर मन पर्छ। फरक यति छ, मानिस आफै सहर पस्छन्। प्रदूषणलाई मानिसले बोलाउँछन्। यसर्थ, अब मानिसले आफ्नो व्यवहार बदल्ने बेला आएको छ।
यदि अझै पनि यो भनाइको तात्पर्य बुझ्नु भएको छैन भने यति बुझ्नु कि प्रदूषणले तपाईँको बुझ्ने शक्तिमा पनि प्रभाव जमाइ सकेको छ।
मानिसको मन सफा भए उसले आफ्नो ज्यान सफा राख्दछ। ज्यान सफा राख्नेले घर पनि सफा राख्दछ।
घर सफा राख्नेले समाज सफा राख्दछ। समाज सफा हुनेको दुनियाँ सफा हुन्छ।
यसर्थ नयाँ वर्षको सुरुवात सँगै हामीले आफ्नो मन सफा गर्ने प्रयत्न गरौँ।
आँखा राम्रो हुनेले संसार राम्रो देख्दछ। यसर्थ आफ्नो आँखा सफा राखौँ।
मस्तिष्क सफा हुनेले प्रयोग गर्ने शब्द सफा हुन्छन्। यसैले मस्तिष्क सफा राखौँ।
ओठ सफा हुनेको बोली सफा हुन्छ। यसर्थ आफ्नो ओठ सफा राखौँ।
तौल धेरै हुने चिजले आफु अडिएको जमिन कहिल्यै छोड्दैन। आफ्नो आधारको महत्त्व उसलाई राम्ररी थाहा हुन्छ।
यसर्थ मनमा घमण्ड बढाउनु भन्दा ज्यानमा निश्चित तौल कायम गरौँ, ता कि आफूले टेकिरहेको धरातल कसैले पनि नभुलुन्।
टन्न पैसा कमाउने रहर सबैलाई हुन्छ। तर यति धेरै पैसाको लालच पनि नराखौँ कि पैसाकै शक्तिले व्यक्तिलाई जमिनमाथि उडाओस्। धेरैले भन्छन्, हवाईजहाजमा भन्दा यात्रुको सुरक्षा बसमा बढी हुन्छ। किनकी हावामा उडिरहेको बेलून कुनै पल त अवश्य फुट्छ। फुटेको टुक्रा पुनः जमिनमै खस्नु पर्छ। यो सबैलाई थाहा भएकै कुरा हो, हावाबाट जमिनमा खस्नु र जमिनबाट जमिनमै पल्टिनुमा धेरै भिन्नता हुन्छ।
यसर्थ, अब मानिसले आफ्नो व्यवहार बदल्ने बेला आएको छ।
मानिस जन्मदै गलत हुन्छ त हामी भन्दैनौँ। तर हाम्रो जन्म र भोगाइले यहि सत्य ओकल्छ, हामीहरू धेरै ज्ञान-गुणका कुरा बच्चा-बच्चीलाई सिकाउँछौँ, वृद्ध-वद्धालाई होइन। किनकी जान्नेले सहि कुरामा साथ दिएन भने कोहि-कसैले पनि सहि कर्म गर्न सक्दैन। यसर्थ, जीवनमा सहि व्यक्तिको सय गलत काममा साथ दिनुभन्दा गलत व्यक्तिको एउटा सहि कार्यमा साथ दिनु उचित हुन्छ।
दुनियाँको नजरबाट अदृश्य भगवानले तपाईँ र तपाईँ नजिकका व्यक्ति सबैलाई रक्षा गरुन्। तपाईँ र तपाईँको जीवनमा महत्वपूर्ण व्यक्तिहरू सबै सधैँ स्वस्थ र सफल रहुन्। सबैभन्दा महत्त्वपूर्ण कुरो, ति व्यक्तिहरू सधैँ तपाईँको साथमा र तपाईँको पक्षमा रहुन्। एउटा कुरा याद राखिदिनु होला, जसरी हामी आफ्नो घर बगैँचा आफैँ सफा गर्छौँ, आफू बस्ने सहर पनि आफैले सफा राख्नु पर्दछ। व्यक्तिको सानो प्रयासले घर सफा रहन्छ भने व्यक्ति-व्यक्तिको प्रयासले सहर सफा रहन्छ। सबै कुरामा सरकारको भर परेर मात्र हुन्न। नयाँ वर्षको तपाईँलाई अनगिन्ती शुभ-कामना व्यक्त गर्दछौँ।
- My Feelings For You Team
रचना वाचन हेर्नको लागि तलको भिडियोमा क्लिक गर्नु होस्। 👇👇
सोमवार, 12 अप्रैल 2021
सुन्दर चिजमा मात्रै पर्ने दुनियाँका नजर
आजकल सुन्दर रुपमा मात्रै दुनियाँका नजर पर्छ,
यसर्थ बाहिर निस्किदा चिटिक्क बनेर जाने गर ।
एकछिन् तिमीसँग नबोल्दा चिन्ता हुन्छ मलाई,
यसर्थ कतै जाँदा सधैँ भनेर जाने गर।।
यो पनि पढ्नु होस्ः
समाजमा देखेको एउटा घटना
शनिवार, 3 अप्रैल 2021
अर्कीलाई यसरी माया गर्नु भनी सिकाएर गई
उनी जीवनमा आई अनि संगै निदाएर गई,
एउटी केटीको चाहना कस्तो हुन्छ बुझाएर गई
उनी साथमा हुदा आफू कच्चा खेलाडी थिएँ,
अर्कीलाई यसरी माया गर्नु भनी सिकाएर गई
।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।
मित्रता घनिष्ठ बन्दै गाछ गाँजाको बोटसँग,
सम्बन्ध केहि रहेन तिमीले दिएको चोटसँग,
तिम्ले सोँच्यौ होला म सधै प्रेम तिम्लाई मात्रै गर्छ,
चक्कर चल्याछ अचेल मेरो रक्सी र चुरोटसँग
।।।।।।।।।।।।। नेपाली मुक्तक।।।।।।।।।।।।
my feelings for you
.......................................................................................
शुक्रवार, 2 अप्रैल 2021
शंका धेरै गरे मनमा पिर बन्छ हजुर - सायरी
दूधमा यदि चामल मिले खिर बन्छ हजुर
शंका धेरै गरे मनमा पिर बन्छ हजुर
भाग्य भन्छन् सबै मान्छे, यसकै भर पर्छन्,
तिमी जस्ती परी मिले पो तक्दिर बन्छ हजुर
😊😊
नेपाली सायरी
nepali gajal
नेपाली गजल अण्डा सक्कल भए पो चल्ला धेरै हुन्छ, हाम्रो देशमा त कामभन्दा हल्ला धेरै हुन्छ । बाँकी भिडियोमा हेर्नु होस्।
यी पनि तपाईँलाई मन पर्न सक्छन्।
-
मुसा धेरै दिनदेखि खाने कुराको खोजिमा थियो। ऊ यस्तो ठाउँ खोजिरहेको थियो, जहाँ कुनै मेहनत नगरी धेरै दिनसम्म खाना पाइयोस्। एक दिन ऊ चामलले भरि...
-
Best Hindi Songs Collection By various Bollywood singers Neha Kakkar, Jubin, Tony Kakkar, Arijit Sin...
-
तिमीले ख्याल राखेनौ भने, बेला बेलामा सफा गरेनौ भने मैले तिमीलाई दिएको चिनो पनि सधैँ नयाँ नरहन सक्छ। पुरानो भएर टुट्न सक्छ, फुट्न सक्छ। सहर...
-
Samikshya adhikari hit songs collection. समिक्षा अधिकारीद्वारा स्वरबद्ध चर्चित गीतहरू Play Audio Download Audio अ...
-
नेपाली मिति: २४/११/२०७७ म आफू पनि अलि भावुक किसिमको व्यक्ति हुनाले छिमेकमा देखिने स-साना घट्नाले पनि मलाई छुन्छ। देखेको कुरा लेख्न मन ला...
-
Nepali song vocal: Milan Newar song: Fulbutte sari... Download Song Play Song
-
देशको विश्वविद्यालयको पढाइ विद्यार्थीका लागि यति भयावह हुनुमा दोषी को ? ---> यदि यो प्रश्न त्रिभुवन विश्वविद्यालय मा अध्ययनरत विद्यार्थी ...
-
धैर्य गर्नै पर्ने रहेछ सरकार निदाउदासम्म एउटा नेपाली सशक्त गजल सिर्जना ः राती डुबेको घाम पुनः बिहान उदाउदासम्म, धैर्य गर्नै पर्ने रहेछ...
-
कामना गर्दछु सधैँ स्वच्छ रहोस् सहर तिम्रो । मनमा छाइ रहोस् सुख र खुशीको लहर तिम्रो ।। दुख कष्ट रोग डराएर त्यो ज्यानमा पस्न , नयाँ वर्षले प...
-
तिमीलाई बिर्सेर बाँचु म . ........................ . मायाको गजल। नेपाली गजल ।। मन छुने नेपाली गजलः तिमीलाई बिर्सेर बाँचु म, यो हुनै सक...